नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य अशोक कोइरालाको निधन
५ चैत, रौतहट । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा विराटनगरको संस्थापक मेयर अशोक कोइरालाको निधन भएको छ ।
संविधासभा सदस्यसमेत रहेका ७७ वर्षीय कोइरालाको बिहीबार बिहान करिब १ बजे मृत्यु भएको हो ।
नेपाली कांग्रेस मोरङका सचिव नागेश कोइरालाका अनुसार नेता कोइरालामा मुटु रोगको समस्या थियो । निमोनिया पनि भएपछि उनलाई न्यूरो अस्पताल भर्ना गरिएको थियो । कोइराला राष्ट्रिय सभाका पूर्व उपाध्यक्ष, संविधानसभाका सदस्य र विराटनगरका मेयर बनेका थिए ।
उनी नेपाली काँग्रेस मोरङका पूर्व सभापति समेत रहेका थिए । कोइराला हात नेपाली काँग्रेस महासमिति सदस्य थिए । अशोक पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्व सभापति सुशील कान्छा भाइ हुन् ।