थप ९४ जनामा कोरोना पुष्टि

   ४ चैत्र २०७७, बुधबार १७:०८  

४ चैत, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मनत्रालयका अनुसार विगत २४ घण्टामा २ हजार ७ सय ८१ जनाको पीसीआर परीक्षण गर्दा जम्मा ९४ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

योसंगै हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ५ सय १८ पुगेको मन्त्रालयले जनाएको छ । जसमध्ये हाल देशभर ९ सय ५४ संक्रमित उपचाररत रहेका हुन् ।

यस्तै, बितेको २४ घण्टामा थप ५५ जना डिस्चार्ज भएका छन् । योसहित हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या २ लाख ७१ हजार ५ सय ५० पुगेको छ ।

यस्तै, बुधबार पनि कोरोनाबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।