बाघको आक्रमणबाट वृद्ध महिलाको मृत्यु
४ चैत, रौतहट । बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ ।
बर्दियाको ठाकुबाबा नगरपालिका ७ मोहनपुर बस्ने ६२ वर्षीया दल्ली रावतमाथि मंगलबार दिउँसो करिब ३ः३० बजेतिर बाघले आक्रमण गरेको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जनाएका छन् ।
प्रहरीका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा घाँस दाउरा काट्न रावतसहित तीन महिला गएकी थिइन् ।बाघको आक्रमणबाट घाँस काट्न गएकी रावत गम्भीर घाइते भइकी थिइन् ।
वृद्ध महिलामाथि बाघले आक्रमण गरेको सूचना प्राप्त हुनसाथै नेपाली सेना र ईलाका प्रहरी कार्यालय बग्नाहा बर्दियाबाट खटिएको टोली घटनास्थलमा पुगेको थियो ।
प्रहरीका अनुसार करिब ४ः४५ बजेको समयतिर मृत फेला परेकी रावतको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गुलरियामा पठाइएको छ ।