जुवा खेलिरहेको अवस्थामा असईसहित ४ जना पक्राउ

   ४ चैत्र २०७७, बुधबार १३:११  

४ चैत, रौतहट । जंगलमा जुवा खेलिरहेको अवस्थामा प्रहरी सहायक निरिक्षक (असई) सहित ४ जनालाई प्रहरीले कैलालीबाट पक्राउ गरेको छ ।

तास खेलिरहेको अवस्थामा पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका ३ बस्ने ४५ वर्षीय डबल चन्द, गोदावरी ५ बस्ने ४० वर्षीय टेक बहादुर विष्ट, कञ्चनपुर भिमदत्त नगरपालिका ४ का ३७ वर्षीय सन्तोष चन्द र ३० वर्षीय बालकृष्ण पनेरु रहेका हुन्।

जिल्लाको गोदावरी नगरपालिका १० खमौरास्थित जंगलमा तास खेलिरहेको अवस्थामा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत असई पुस्कर भट्टसहित ४ उनीहरु चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतिक विष्टका अनुसार भट्ट कैलालीको धनगढी उपमहानगरपालिका ७ का स्थानीय हुन् ।

कैलालीका डिएसपी प्रतिक विष्टका अनुसार जुवाखालबाट ३ लाख ३४ हजार नगद समेत बरामद भएको छ ।