वीङ्गर दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते
४ चैत, रौतहट । कञ्चनपुरमा वीङ्गर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ, भने अन्य ६ जना घाइते भएका छन् ।
महेन्द्रनगरबाट धनगढी आउँदै गरेको म १ ज २४३ नम्बरका वीङ्गर पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नमबर ५ गुलरियामा दुर्घटना भएको थियो ।
दुर्घटना हुँदा डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ५ बस्ने ७७ वर्षीय मन्दिरादेवी पन्त गम्भीर घाइते भएकी थिइन् । गमभीर घाइते भएकी पन्तलाई उपचारका लागी धनगढीस्थित माया मेट्रो अस्पतालमा ल्याएपनि उपचारकै क्रममा निजको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अन्य ६ जना घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । घाइतेको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीका अनुसार वीङ्गरको पछाडिको बाँयातर्फको टायर पड्किएर दुर्घटना भएको थियो ।