मंगलबार थप ११४ जनामा कोरोना पुष्टि
३ चैत, रौहतट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा २ हजार ७ सय ९० जनाको पीसीआर परीक्षण गर्दा जम्मा १ सय १४ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
यससंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ४ सय २४ पुगेको मन्त्रालयले जनाएको छ । जसमध्ये हाल नेपालमा ९ सय १५ उपचाररत कोरोना संक्रमित रहेका हुन् ।
यस्तै, बितेको २४ घण्टामा थप ९४ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् , यससंगै हालसम्म नेपालमा कोरोनामुक्त हुनेहरुको कुल संख्या २ लाख ७१ हजार ४ सय ९५ पुगेको छ ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा नेपालमा संक्रमणका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मनत्रालयले जनाएको छ । तर, हालसम्म देशभर कोरोना संक्रमणका कारण ३ हजार १४ जनाले ज्यान गुमाइसकेका छन् ।