ग्यास सिलिण्डर लिक हुदाँ भएको आगलागी ४ जना घाइते
द नेपाल मिडिया
३ चैत्र २०७७, मंगलवार १५:५७
३ चैत, रौतहट । कैलालीमा ग्यास सिलिण्डर लिक हुदाँ भएको आगलागीमा परी ४ जना घाइते भएका छन् ।
जिल्लाको टीकापुर नगरपालिका १ मा आज बिहान जनक बिष्टको घरमा ग्यास लिक भएको प्रहरीले जनाएको छ ।
ग्यास लिक भएको अवस्थामा आगो सल्काउँदा आगलागीमा परी घर धनी विष्टसहित २८ वर्षीया उनकी श्रीमती बबिता विष्ट, ३ वर्षीय छोरा जेनेल विष्ट र घरमा सहयोगीका रूपमा कार्यरत ४५ वर्षीय हरि चौधरी गरी ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिएका छन् ।
आगलागीमा घाइते भएका उनीहरूको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।