चन्द्रागिरीबाट लागूऔषधसहित एक भारतीय नागरिक पक्राउ
द नेपाल मिडिया
२ चैत्र २०७७, सोमबार १५:०५
२ चैत, रौतहट । चन्द्रागिरीबाट लागूऔषधसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट लागूऔषधसहित भारत मोतिहारी घर भएका २२ वर्षीय उपेन्द्र कुसुवालाई आइतबार साँझ नै पक्राउ गरिएको थियो ।
सवारी चेक जाँच गर्ने क्रममा कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको न.१ ज ६०४० नम्बरको टाटा सुमोलाई नागढुङ्गास्थित चेक प्वाइन्टमा खटिएको प्रहरीले जाँच गर्दा उक्त परिमाणको लागूऔषधसहित कुसुवालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
निजको साथबाट डाईजेपाम २ सय एम्पुल, नुर्फिन २ सय एम्पुल र फेनारगन २ सय एम्पुल बरामद भएको प्रहरीले जानकारी दिए ।
पक्राउ परेका कुसुवालाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।