ट्रक र बोलेरो आपसमा ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु
द नेपाल मिडिया
२ चैत्र २०७७, सोमबार १३:३५
२ चैत, रौतहट । चितवनमा ट्रक र बोलेरो आपसमा ठोक्किदाँ एक जनाको मृत्यु भएको छ ।
जिल्लाको राप्ती नगरपालिका–३ मार्तलपुलमा ना ८ ख १४२० नम्बरको ट्रक र बा १८ च १३७१ नम्बरको बोलेरो जीप एकसापसमा ठोक्किदाँ एक जनाको घटनास्थलै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परी ट्रक चालक धादिङ धुसा गाउँपालिका १ बस्ने २६ वर्षीय महेश फुँयालको घटनास्थलमै मृत्यु छ । ट्रक सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका ट्रकका सहचालक तनहुँ बन्दिपुर गाउँपालिका ५ बस्ने २७ वर्षीय विवेक थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
यस्तै, बोलेरो र चालकलाई नियन्त्रणमा लिइ यसबारे थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।