टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

   २ चैत्र २०७७, सोमबार ११:३०  

२ चैत, रौतहट । काठमाडौँको चन्द्रागिरीमा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

चन्द्रागिरी नगरपालिका २ मसिनेबाट ग्राबेल बोकेर वाणभञ्ज्याङतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ क ५९९ नम्बरको टिपर आइतबार गएराति दुर्घटना हुँदा चालकको नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार हिजो राति करिब ९ बजेतिर दुर्घटनामा परी टिपरका चालक मकवानपुरको भिमफेदी २ निवासी २५ वर्षीय विनोद बलको मृत्यु भएको हो ।

दुर्घटना हुँदा टिपर सडकबाट करिब ६ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।