विवाह गर्छु भन्दैँ, बलात्कार गर्ने व्यक्ति पक्राउ
२ चैत, रौतहट । १७ वर्षीया किशोरीलाई बलात्कार गरी गर्भ बोकाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
युवतीलाई विवाह गर्छु भन्दै जबरजस्ती करणी गरेको आरोपमा बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १० बस्ने ३० वर्षीय रमेश पासवानलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
युवतीलाई विवाहको प्रलोभ्नमा पारी होटेलमा लिएर पटक-पटक करणी गरी गर्भ बोकाएको पासवानमाथि आरोप लागेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पीडित युवतीले घटनाको बारेमा आमालाई बताएपछि, किशोरीकी आमाले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएकी थिइन् । बलात्कारको उजुरी आएपछि, जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले आरोपी पासवानलाई फागुन २८ गते नै पक्राउ गरेको थियो ।
शुक्रबार नै पक्राउ परेका पासवानलाई प्रहरीले आइतबार जिल्ला अदालत पर्साबाट म्याद थप गराई निजलाई हिरासदमा राखी यसबरे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।