मोरङमा ८ वर्षीया बालिक बलात्कृत, ६६ वर्षीय आरोपी पक्राउ
१ चैत, रौतहट । मोरङमा एक ८ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
शुक्रबार दिउँसो करिब ३ बजेतिर घाँस काट्न गएकी सुस्त मनस्थितिकी ८ वर्षीया बालिकालाई ६६ वर्षीय वृद्धले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
बलात्कार गरेको अभियोगमा प्रहरीले रतुवाई नगरपालिका बस्ने ६६ वर्षीय फौदीलाल मुखियालाई शनिबार नै पक्राउ गरिएको थियो । सुस्तमनस्थितिकी पीडित बालिका बोल्न पनि नसकिने प्रहरीले जनाएको छ । घाँस काट्न उनीसँगै गएकी बहिनीहरुले दिदीमाथि करणी भएको देखेपछि घटना बाहिर आएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिएका छन् ।
बालिकाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको राईले जनाए । प्रहरीका अनुसार हाल पीडित बालिकाको स्वास्थ्य परीक्षणको रिपोर्ट आउन बाँकी नै रहेको छ ।
यस्तै, पक्राउ परेका आरोपी वृद्धलाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।