सिरहाको मालपोत कार्यालयमा बम विस्फोट हुँदा ६ जना घाइते
द नेपाल मिडिया
१ चैत्र २०७७, आईतवार १४:१६
१ चैत, रौतहट । सिरहाको मालपोत कार्यालयमा आज दिउँसो १ बजे बम विस्फोट भएको छ ।
सिरहा जिल्लाको लहान नगरपालिकास्थित मालपोत कार्यालयमा आइतबार दिउँसो करिब १ बजेतिर बम विस्फोट हुँदा ६ जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक सुदिप राज भण्डारीका अनुसार बम विस्फोटमा परी घाइते ६ जना घाइते छन् । घाइते भएका मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ, भने अन्य पाँच जना सामान्य घाइते भइका भण्डारीले बताए ।
बम विस्फोट भएको खबर हुनसाथै जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएका टोली घटनास्थलमा पुगेको थियो । हाल प्रहरी घटनास्थमै रहेको र यसबारे अनुसन्धान गरिरहेको भण्डारीले जनाएका छन् ।
यस्तै, यसबारे थप विवरण आउन बाँकी नै रहेको समेत प्रहरीले जनाएको छ ।