बस र ट्रक आपसमा ठोक्किदाँ ३ जनाको मृत्यु, १० जना घाइते
२९ फागुन, रौतहट । मकवानपुरमा आज बिहानै बस र ट्रक आपसमा ठोक्किदाँ ३ जनाको मृत्यु भएको छ, भने अनय १० जना घाइते भएका छन् ।
जिल्लाको मनहरी ६ सुनाचुरीमा पूर्वपश्चिम राजमार्गअन्तर्गत शनिबार बिहान रात्रिबस र ट्रक एकआपसमा ठोक्किएको थियो ।
आज बिहान हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना४ख ५१४९ नम्बरको बस र सोही विपरीत दिशाबाट हेटौंडा आउँदै गरेको ना६ख८९ नम्बरको ट्रक एकआपसमा ठोक्किदाँ गम्भीर घाइते भएका ३ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका बसका चालक वीरगञ्ज महानगरपालिका १५ बस्ने ३५ वर्षीय मदनकुमार थापा, बसमा सवार भारत सिस्वाका अन्दाजी ३५र४० वर्षीय अभयलाल कुश्वाह र बिहारका ४० वर्षीय सुनिलकुमार रहेको प्रहरीले जनाएको छ ।
घाइते थापा र सुनिल कुमारलाई उपचारका लागी चितवनस्थित पुरानो मेडिकल कलेजमा ल्याएपनि उपचारका क्रममा मृत्यु भएको थियो, भने कुश्वाहको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।
दुर्घटनामा घाइते १० जनाको हेटौंडामा र भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।