महिलामाथि बलात्कारको प्रयास गर्ने आरोपी प्रहरी नियन्त्रणमा

   २९ फाल्गुन २०७७, शनिबार १३:०७  

२९ फागुन, रौतहट । पर्सामा घाँस काट्न गएकी महिलामाथि बलात्कारको प्रयास गर्ने व्यक्ति घरबाटै पक्राउ परेका छन् ।

जिल्लाको पटेर्वासुगौली गाउँपालिकामा २१ वर्षीया महिलालाई जबरजस्ती बलात्कार गर्ने प्रयास गरेको आरोपमा सोही गाउँपालिका ४ अकुवाटोल बस्ने १९ वर्षीय अविशेक दास थारुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

गहुँखेतमा घाँस काटिरहेको अवस्थामा महिलालाई जबरजस्ती करणीको प्रयास गर्दा पीडित महिलाले थारूमाथि घाँस काट्ने हँसिया नै प्रहार गरेकी जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओम प्रकास खनालले जनाएका हुन् ।

पीडित महिलाले घटनाबारे प्रहरीमा उजुरी दिएपछि, खटिएको प्रहरी टोलीले आरोपी थारुलाई घरबाटै पक्राउ गरिएको खनालले जनाए ।

जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी पक्राउ परेका थारुलाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।