कैलालीमा एक जनाको शव फेला
द नेपाल मिडिया
२९ फाल्गुन २०७७, शनिबार १२:३५
२९ फागुन, रौतहट । कैलालीमा आज बिहान एक जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।
जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ५ गेटास्थित मोहना अत्तरिया ६ लेन सडकछेउको पानी जमेको कल्भर्टमा एक पुरुषको शव फेला परेको हो ।
प्रहरीका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका ५ बस्ने अन्दाजी ४० वर्षीय मोहनबहादुर चन्दको शव शनिबार बिहान फेला परेको छ ।
खाल्डोमा जमेको पानिमा शव तैरिरहेको अस्थामा स्थानीयबासीहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव फेला परेको सूचना प्राप्त हुनसाथ प्रहरीले घटनास्थलमा पुगेका थिए ।
घटनास्थलमा पुगेर मृत अवस्थामा भेटिएको शवलाई पोष्मार्टमका लागी कैलाली अस्पतालमा पठाइएको छ, भने यस घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जनाएका छन् ।