रौतहटमा अवैध सामानसहित एक जना पक्राउ

   २९ फाल्गुन २०७७, शनिबार १२:०१  

२९ फागुन, रौतहट । भारतबाट अवैधरुपमा ल्याएको डिजलसहित रौतहट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले भारत बिहार राज्य सितामढी जिल्ला मधुरापुर वडा नम्बर १० निवासी राज कुमार साहलाई शुक्रबार नै पक्राउ गरिएको थियो ।

प्रहरीका अनुसार जिल्लाको गौर नगरपालिका वडा नम्बर १ कानुपट्टी स्थित BR.५५-२२२४ नम्बरको मोटरसाइकलमा डिजल लोड गरी अवैधरुपमा भारतबाट नेपालतर्फ ल्याएइ रहेको अवस्थामा उनलाई पक्राउ गरिएको थियो । बरामद भएको डिजलको मूल्य करिब २ लाख ७ हजार ९ सय ६५ रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

पक्राउ परेका साहलाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर २ महादेवपट्टीबाट पनि अवैध सामानहरु बेवारिसे अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीलाई हेरेर भन्सार छलेर भारतबाट ल्याएको सामानहरु छोडेर तस्कर भागेपछि बेवारिसे अवस्थामा सामान बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बरामद भएको सामानहरुको मूल्य करिब १ लाख ७२ हजार ४ सय ६५ रुपैयाँ रहेको छ । आवश्यक कारवाहीको लागी अवैध सामानहरुलाई गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।