आफ्नै छोरी बलात्कार गर्ने बाबु पक्राउ
२९ फागुन, रौतहट । आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ परेका छन् ।
बझाङको बुङगल नगरपालिकामा आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा ४४ बर्षिय बुबालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
यही फागुन २२ गते निजले आफ्नै छोरीलाई बलात्कार गरेका थिए । राती कोठामा सुतिरहेको बेलामा बाबुले छोरीलाई नै बलात्कार गरेको पिडितकी आमाले उजुरी दिएपछि, उनलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
आज पत्रकार सम्मेलन गरेर जबरजस्ती करणी गर्ने बुबालाई सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । साथै, आरोपी बाबुलाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।