थप ४८ जनामा कोरोना पुष्टि, ६१ संक्रमणमुक्त
द नेपाल मिडिया
२८ फाल्गुन २०७७, शुक्रबार १६:४३
२८ फागुन, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ४८ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ
। स्वास्थ्य तथा जनसंख्या मनत्रालयका अनुसार विगत २४ घण्टामा २ हजा ५ सय १२ जनाको पीसीआर परीक्षण गर्दा जम्मा ४८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार १ सय १८ पुगेको मन्त्रालयले जनाए । जसमध्ये हाल नेपालमा ९ सय २९ जना संक्रिय संक्रमित रहेका हुन् ।
यस्तै, बितेको २४ घण्टामा थप ६१ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । यससहित हालसम्म देशभर कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या २ लाख ७१ हजार १ सय७७ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाए । तर, हालसम्म कोरोना संक्रमणबाट ३ हजार १२ को मृत्यु भएसकेको छ ।