बारामा टाउको नभएको अवस्थामा शव फेला
२८ फागुन, रौतहट । बारामा टाउको नभएको अवस्थामा एक जनाको शव फेला परेको छ ।
जिल्लाको जितपुरसिमरा १० मा शुक्रबार बिहान टाउको नभएको अवस्थामा एउटा शव भेटिएको प्रहरीले जनाएको छ ।
आज बिहान फेला परेको शव कसको हो, भने हाल थाहा नभएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, बाराका डीएसपी गौतम मिश्रका अनुसार स्थानीय एक व्यक्ति १५ दिनदेखि बेपत्ता थिए ।
हराएका व्यक्तिको नै शव हुनसक्ने आशंका गरिए पनि हाल पुष्टि नभएको प्रहरीले बताए ।
भेटिएको शवको अनुसन्धानका लागी २ नं. प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर घटनास्थलमा ल्याएर अनुसन्धान गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।






