राष्ट्रपति बाइडेनले गरे काेराेना राहत प्याकेजकाे विधेकमा हस्ताक्षर

   २८ फाल्गुन २०७७, शुक्रबार १०:४७  

२८ फागुन, राैतहट । काेराेना भाइरसको महामारीसँग जुधेका अमेरिकी नागरिकका लागि ल्याइएको राहत प्याकेज सम्बन्धी विधेयकमा अमेरिकी राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेका छन् ।

विहीबार संसदको तल्लो सदनबाट पारित विधेयकमा राष्ट्रपति बाइडेनले हस्ताक्षर गरेसँगै यो विधेयकले कानूनी रुप लिएको छ ।

यो प्याकेजअन्तर्गत १९ अर्ब डल बराबरको आर्थिक राहत प्याकेज कोभिड प्रभावित अमेरिकीहरूलाई सहायतास्वरुप प्रदान गरिनेछ ।

विधेकमा के छ?

यो विधेयकमा १४०० डलर भुक्तान, बेरोजगारी भत्ता विस्तार, चाइल्ड ट्याक्स क्रेडिट जस्ता योजना छन् । यो राहतबाट करोडौँ मानिसहरु गरिबीबाट बाहिर निस्कने अनुमान गरिएको छ ।

राष्ट्रपति बाइडेनले राहत प्याकेजले देशको मेरुदण्ड पुनर्निर्माण गर्ने बताएका छन् । यो विधेयकलाई अमेरिकी इतिहासको सबैभन्दा धेरै खर्च रहेको विधेयकको रुपमा हेरिएको छ ।