भारतसँग जोडिएका सिमानाका चाडै सुचारु हुने : उपप्रधानमन्त्री पोखरेल

   २७ फाल्गुन २०७७, बिहीबार १८:४०  

२७ फागुन, रौतहट । कोविड १९ का कारण लामो समय देखी अवरुद्ध रहेको नेपाल भारत सिमानाका सरकारले चाडै सूचारु गर्ने भएको छ । पैदल यात्रीका लागी मात्रै केही सहज रहेको सिमानाका अब पूर्ववत रुपमा सवारी आवागमन समेतको लागी खुल्ला हुने उपप्रधानमन्त्री इश्वर पोखरेलले बताएका छन ।

मौलापुर नगरपालिकाको पतौरामा आज बाट शुरु भएको दोश्रो मधानी महायज्ञको उदघाटनका लागी रौतहट आएका उपप्रधानमन्त्री पोखरेलले सिमाक्षेत्रका जनताले भोग्नु परेको कठिनाईलाई मध्यनजर गर्दै पहिलेकै अवश्थामा नाका सूचारु हुने बताएका हुन ।
नेपाल सरकारको पर्र्यटकिय गन्तव्य मध्येको एक मौलापुर नगरपालिका ५ पतौरामा रहेको पुरातात्विक महादेब मन्दीरको प्राङ्गणमा आयोजित मधानी महायज्ञमा सहभागी भएका नेपाल सरकारका उपप्रधानमन्त्री पोखरेलले पतौरा मन्दीरको संरक्षण र प्रवद्र्धनका लागी आवश्यक सबै किसिमको सहयोगको लागी सरकार तयार रहेको बताए ।

कार्यक्रममा सहरी विकास मन्त्री प्रभु साह, प्रदेश २ का प्रमुख राजेश झा अहिराज लगायतकाहरुको सहभागीता रहेको थियो ।
पतौरामा जग्गा उत्खनन गर्दा ११ औं शताब्दी अघि निर्माण भएका शिव मन्दिर फेला परेपछि स्वदेशी तथा विदेशी पुरातात्विक विदहरुलाई स्थलगत अध्ययन पश्चात गत वर्ष देखी सो स्थानमा मधानी महायज्ञको शुरुवाता गरिएको थियो ।