आज थप ९७ जनामा कोरोना पुष्टि

   २७ फाल्गुन २०७७, बिहीबार १६:४४  

२७ फागुन, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ९७ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४ हजार ४ सय ८४ जनाको पीसीआर परीक्षण गर्दा जम्मा ९७ जनाको कोरोना रिपोटै पोजेटिभ आएको हो । योसँगै नेपालमा (कोभिड १९) संक्रमितको कुल संख्या २ लाख ७५ हजार ७० पुगेको छ । जसमध्य हाल देशभर ९ सय ४२ जना संक्रिय कोरोना संक्रमित रहेका हुन् ।

त्यस्तै, बिहीबार ६६ जना कोभिडमुक्त भएका छन् । योसँगै हालसम्म २ लाख २१ हजार १ सय १६ जना संक्रमितमुक्त भएका मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । तर, हालसम्म नेपालमा ३ हजार १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको मनत्रालयले जनाएको छ ।