उपप्रधानमन्त्री इश्वर पोखरेल पुगे मौलापुर

   २७ फाल्गुन २०७७, बिहीबार १२:४८  

 

२७ फागुन, रौतहट । महा शिवरात्रिको अवसरमा रौतहटको मौलापुर नगरपालिकामा पुरातात्वीक महादेव मन्दीर पतौरामा भइरहेको दोश्रो मधानी महायज्ञमा उपप्रधानमन्त्री इश्वर पोखरे सहभागी भएका छन् ।

शिवरात्रिको अवसरमा नेपाल तथा भारतका ख्याति प्राप्त कलाकारहरु पनि पुजा तथा साँस्कृति कार्यक्रममा सहभागी हुन रौतहट आउने भएका छन ।

आज दिउँसो १ बजेदेखि भोजपुरी सुपरस्टार अभिनेत्री अक्षरा सिंह तथा अभिनेता प्रदीप पाण्डे ‘चिन्टु’, नेपाली कलाकार शिव श्रेष्ठ, दिपाश्री निरौला, संचिता लुइटेल लगायतका लोकप्रिय नेपाली एवम् भारतीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहने छ।