अफिमसहित दुई भारतीय महिला पक्राउ
द नेपाल मिडिया
२७ फाल्गुन २०७७, बिहीबार ११:१६
२७ फागुन, रौतहट । लागूऔषध अफिमसहित प्रहरीले दुई भारतीय महिलालाई पक्राउ गरेको छ ।
झापाको मेचीनगर ६ स्थित न्यून विशाल होटरमा बसेका पश्चिम बंगाल पंचखेलगुडीकी–३८ की गायत्रीदेवी क्षेत्री र मणिपुर कांगलातुम्बीकी ३० वर्षीया लक्ष्मी क्षेत्रीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनी दुवै जनालाई बुधबार नै पक्राउ गरिएको थियो । उनीहरुको साथबाट बरामद भएको दुई किलो अफिमको मूल्य करिब २ लाख भारु हुन आउने प्रहरीले जनाएको छ ।
पक्राउ परेकी दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा राखेर यसबारे थप आवश्यक भइरहेको प्रहरीले जनाएको छ ।