सुनसरीमा ४९ किलो गाँजा फेला
द नेपाल मिडिया
२६ फाल्गुन २०७७, बुधबार १०:५२
२६ फागुन, रौतहट । सुनसरीको भण्टावारीमा लुकाइ छिपाई राखेको अवस्थामा ४९ किलो गाँजा फेला परेको छ ।
कोशी गाउँपालिका वडा नम्बर ८ बाट केरा बगैँचामा लुकाएर राखिएको अवस्थामा मंगलबार साँझ नै गाँजा बरामद भएको सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी वंशीराज दाहालले बताएका हुन् ।
निजी जग्गामा लगाइएको केराखेतीबाट गाँजा भेटिएको प्रहरीले जनाएको छ । डीआईजी वंशीराज दाहालले दिएका जानकारी अनुसार केराघारीभित्र जमिनमा माटोले पुरेर राखेको अवस्थामा गाँजा बरामद भएको थियो ।
तर, कसले लुकाएर राखेको थियो भन्ने यकिन हाल हुन नसकेको दाहालले बताए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।