सप्तरीमा सवारी दुर्घटना हुँदा रौतहटका एक वृद्धको मृत्यु

   २३ फाल्गुन २०७७, आईतवार १४:४९  

२घ फागुन, रौतहट । सप्तरीमा मोटरसाइकलको ठक्करबाट रौतहटका एक ६५ वर्षीय वृद्धको मृत्यु भएको छ ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा जिल्लाको देवाही गोनाही नगरपालिका ९ घरहरी बस्ने ब्रम्हदेव साह भनिने ६५ वर्षीय रेखा दास रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार गएराति पूर्वपश्चिम राजमार्ग अन्तर्गत शम्भुनाथ नगरपालिका ५ तारखोलामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ४० प २२१५ नम्बरको मोटरसाइकलको ठक्करबाट उनी गम्भीर घाइते भएका थिए ।

घाइते भएका दासलाई उपचारका लागी विराटनगर ल्याएको थियो । अस्पतालमा ल्यापनि उपचारकै क्रममा आज बिहान दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी रौतहटकै इटबालस्थित राम मन्दिरका महन्थ रहेका समेत प्रहरीले जनाए ।

प्रहरीका अनुसार ठक्कर दिने मोटरसाइकल र चालक शम्भुनाथ नगरपालिका ६ का ३० वर्षीय रमजानीलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका रमजानीलाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।