चितवनबाट ४ किलो गाँजासहित ३ जना पक्राउ
द नेपाल मिडिया
२२ फाल्गुन २०७७, शनिबार ११:२१
२२ फागुन, रौतहट । चितवनबाट ४ किलो गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गाँजासहित पक्राउ पर्नेमा भरतपुर महानगरपालिका २ बेलटाँडी बस्ने ३२ वर्षीय टेकेन्द्र राजवंशी, सोही स्थानका २१ वर्षीय श्याम थापा क्षेत्री, र इच्छाकामना गाउँपालिका ७ बस्ने २३ वर्षीय भीमराज गुरुङ रहेको प्रहरीले जनाएको छ ।
सवारी चेक जाँच गर्ने क्रममा सिमलढापबाट भोजाडतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ प १९२ र ना ५४ प ३६०८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई रोकी चेक गर्दा ४ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिएका छन् ।
चितवन जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि पक्राउ परेका तीनै जनालाई हिरासदमा यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।