किशोरीलाई बलात्कार गर्ने आरोपी प्रहरी नियन्त्रणमा

   २१ फाल्गुन २०७७, शुक्रबार १४:५१  

२१ फागुन, रौतहट । भक्तपुरमा एक किशोरी बलात्कृत भएकी छन् । उदयपुरकी १७ वर्षीया युवतीलाई झुक्यानमा पारी भक्तपुरको मध्यपुर ठिमी लगेर जबरजस्ती करणी गरेको अभियोगमा सिरहाको धनगढीमाई नगरपालिकाको वडा नम्बर ४ बस्ने २९ वर्षीय दूर्गानन्द चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

यही फागुन ११ गते उदयपुरबाट भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघर ल्याएर आफूमाथि बलात्कार भएको भन्दै उनी प्रहरीमा उजुरी दिएकी थिइन् ।

पीडितले दिएकी उजुरीको आधारमा प्रहरीले चौधरीलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका आरोपीलाई हिरासदमा राखी यसबारे थप अनुसन्धान र कारवाहीको लागी महानगरीय प्रहरी बृत्त ठिमी पठाइएको प्रहरीले जनाएको छ ।