मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

   २१ फाल्गुन २०७७, शुक्रबार ११:२९  

२१ फागनु, रौतहट । महोत्तरीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् ।

जिल्लाको बर्दिबाब ३ बस्ने ६६ वर्षीया भद्रमाया भुजेलको दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार साँझ लु ५९ प ३७३५ नम्बरको मोटरसाइकल बर्दिबासबाट सिन्धुलि जाने क्रममा बाटो काट्दै भुजेललाई गौरीडाँडामा ठक्कर दिएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी बीरेन्द्र थापाले जानकारी दिएका हुन् ।

दुर्घटनामा गम्भीर घाइते भएकी वृद्धलाई उपचारका लागी काठमाडौँ लिएर जाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकलको पछाडि सवार पूर्णिमा माझी सामान्य घाइते भएकी छन् ।

यस्तै, ठक्कर दिने मोटरसाइकल र चालक बर्दिबास ३ पाटु बस्ने २५ वर्षीय युवराज माझीलाई पक्राउ गरिएको छ ।

पक्राउ परेका माझीलाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।