धनुषामा सर्वसाधारणसंग पैसा लिएको आरोपमा १५ बिचौलिया पक्राउ
२१ फागुन, रौतहट । प्रहरीले १५ जना बिचौलियालाई यातायात कार्यालय धनुषाबाट नियन्त्रणमा लिएको छ ।
सर्वसाधारणसंग काम गरमइदिन्छु भन्दै रुपैयाँ लिएको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
यातायात कार्यालय भित्र जाने क्रममा भित्रबाट नै काम गराइदिन्छु भन्दैँ सर्वसाधारणसंग ठग्गि गरेको उनीहरुमाथि आरोप लागेको धनुषा प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जनाएका हुन् ।
उपरीक्षक रानाभाटका अनुसार बिचौलियाबिना कुनै काम नै नहुने र कर्मचारीले पनि काम नै नगरिदिनेजस्ता व्यापाक जनगुनासो बढेपछि, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ स्थित रहेको यातायात कार्यालयबाट उनीहरुलाई बुधबार नै पक्राउ गरिएको थियो ।
पक्राउ परेका १५ जनालाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।