पहिलो पटक चिनियाँ नाकाबाट युरिया मल नेपाल भित्रीदै

   २१ फाल्गुन २०७७, शुक्रबार १०:३२  

२१ फागुन, रौतहट । सरकारले चिनियाँ नाकाबाट पहिलो आउँदो सातासम्म ४ हजार मेट्रिकटन यूरिया मल तिब्बतको सिगात्सेबाट तातोपानी आइपुग्ने भएको छ ।

चिनियाँ बजारबाट खरिद गरिएको कुल १८ करोड १८ लाख ८० हजार रुपैयाँ बराबरको ४ हजार मेट्रिकटन मल उत्तरी नाकाबाट भित्रिने जनाइएको छ ।

सो मल कन्टेनरमा आगामी शनिबार तिब्बतको सिगात्सेबाट तातोपानी आइपुग्ने निश्चित भएको साल्ट ट्रेडिङ कर्पोरेसनले जनाएको छ ।

मल ल्याउने जिम्मा पाएको शिल्क मार्केट नेपाली कम्पनीले शनिबारसम्म चार हजार मेट्रिक टन यूरिया मल तातोपानी आइपुग्ने जनाएको छ ।

साल्ट ट्रेडिङका सूचना अधिकारी कुमार राजभण्डारीका अनुसार चीनमै खरिद गरिएको मल पनि अहिलेसमम भारततर्फको जलमार्ग भएर नेपाल भित्रिने गरेकोमा पहिलो पटक परीक्षणको रुपमा उत्तरी नाकाबाट पनि मल ल्याउन प्रयास गरिएको हो ।