५५३६ जनाको पीसीआर परीक्षण गर्दा, १०७ जनामा कोरोना पुष्टी
२० फागुन, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ७ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ५ हजार ५ सय ३६ जनाको पीसीआर परीक्षण गर्दा जम्मा १ सय ७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । यससंगै हालसम्म मुलुकभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ४ सय ८८ पुगेको छ । जसमधये हाल देशभर ७ सय ९५ संक्रमित उपचाररत रहेका हुन् ।
त्यस्तै, आज थप ७८ जनाले निको भइ घर फर्किएका छन् । योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या २ लाख ७० हजार ६ सय ८६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, बिहीबार पनि कोरोनाका कारण कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।