छिट्टै वृद्धभत्ता ५ हजार हुने; प्रधानमन्त्री ओली

   २० फाल्गुन २०७७, बिहीबार १५:२३  

२० फागुन, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अब केही समयभित्रै ५ हजार रुपैयाँ वृद्धभत्ता हुने बताएका छन् ।

बिहिबार सिन्धुलीमा सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गरेपछि सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले एक सयबाट शुरु भएको वृद्धभत्ता छिट्टै ५ हजार पुर्याइने बताएका हुन् ।

तत्कालीन नेकपा एमालेले सुर्य चुनाव लड्दा घोषणापत्रमा हाल मासिक ३ हजार रुपैयाँ रहेको वृद्धभत्ता ५ हजार पुर्याइने उल्लेख गरेको थियो ।

तर, सरकार बनेको तीन वर्ष बितिसक्दाँ पनि ५ हजार नपुर्याइएकोमा आलोचना भएको थियो ।