बमको सुचना पछि आज ताजमहल बन्द

   २० फाल्गुन २०७७, बिहीबार १३:५५  

२० फागुन, रौतहट । भारतको उत्तर प्रदेशमा अवस्थित प्रसिद्ध पर्यटकीय संरचना ताजमहलमा बम राखिएको भन्ने सूचनापछि आज ताजमहल बन्द गराइएको छ ।

भारतीय समाचार अनुुसार बिहीबार बिहानदेखि अहिलेसम्म ताजमहल बन्द गराइएको बताएका छन् । साथै जमहलभित्र रहेका विभिन्न विदेशी तथा स्वदेशी पर्यटकलाई बाहिर निस्किन स्थानीय सुरक्षा अधिकारीहरूले सूचना जारी गरेका छन् ।

बिहीबार ताजमहलमा कम्तीमा पनि एक हजार जना पर्यटक रहेका र उनीहरूलाई ताजमहल परिसरबाट बाहिर निस्किन सूचना जारी गरिएको समाचारमा जनाइएको छ । एक जना अज्ञात व्यक्तिले त्यहाँ बम रहेको सूचना फोनबाट यहाँका स्थानीय सुरक्षा अधिकारीलाई गराएका थिए । त्यसपछि उक्त स्थान खाली गराएर बम रहे नरहेको बारेमा अनुसन्धान गर्ने काम भइरहेको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।

बमको यो हल्लाले पर्यटकीय शहर आग्रामा पनि सतर्कता अपनाइएको छ । उक्त ताजमहल यहाँका मुगल सम्राटले आफ्नी श्रीमती मुमताज महलको स्मृतिमा सन् १६५३ मा निर्माण गरेका हुन् ।