लागुऔषधसहित २ भारतीय नागरिक पक्राउ
१९ फागुन, रौतहट । रौतहटमा भारतबाट अवैधरुपमा ल्याएको लागूऔषधसहित आज दुई जना पक्राउ परेका छन् ।
लागूऔषधसहित पक्राउ पर्नेमा भारत विहारका सितामढी जिल्ला बैरगनीया भकुरहर बस्ने १८ वर्षीय निखिल कुमार श्रीवास्तव र सोही स्थानका १८ वर्षीय श्याम कुमार यादव रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले राजदेवी नगरपालिका वडा नम्बर ८ लक्ष्मीपुरस्थित चेक जाँच गर्ने क्रममा दुवै जनालाई आज बिहान करिब ८ः३० बजेतिर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
साइकलमा सवार भारतबाट नेपालतर्फ आउँदै गरेको उनीहरुलाई रोकी निजले बोकेको झोला चेकजाँद गर्दा लागूऔषध बरामद भएको प्रहरीले जनाए ।
उनीहरुको साथबाट नुफिन २ एलको १८० पिस, डाईजेलेप २ एलको १२० पिस, २ एल को फेनरागन १८० पिस, र डाईजेपाम ६० पिस गरी जम्मा ५४० पिस लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।