सुडानकाे विमान दुर्घटनामा परी १० जनाको मृत्यु

   १९ फाल्गुन २०७७, बुधबार १७:३०  

१९ फागुन, राैतहट । दक्षिण सुडानकाे विमान दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । मंगलबार विमानस्थलबाट उडेको केही समयमा नै उक्त विमान दुर्घटना भएको थियो ।

दक्षिण सुडानका गभर्नर डेने जोक चागोरले एक विज्ञप्ति जारी गर्दै विमान दुर्घटनाको समाचारले ठूलो दुःख पुगेको बताएका छन् । उनले उक्त विमान दुर्घटनामा परी दुई पाइलटसहित १० जनाको मृत्यु भएको पुष्टि गरेका थिए ।

स्थानीय समाचारहरुले उल्लेख गरिएका अनुसार उक्त विमान सुप्रिम एयरलाइन्सको एचके–४२७४ मोडलको थियो र सुप्रिम एयरलाइन्सको लागि यो दोस्रो विमान दुर्घटना हो । यसअघि पनि सन् २०१७ मा यो एयरलाइन्सको विमान दुर्घटनामा परेको थियो । तर, उक्त दुर्घटनामा भने कुनै हताहती भएको थिएन ।

एजेन्सी