थप ७८ जनामा कोरोना पुष्टि
१९ फागुन, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ३ हजार ३ सय ९९ जनाको पीसीआर परीक्षण गर्दा जम्मा ७८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
यससंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार २ सय ९४ जना पुगेको छ । जसमधये हाल नेपालमा ९ सय ७४ संक्रिय कोरोना संक्रमित रहेका हुन् ।
यस्तै, विगत २४ घण्टामा थप ७२ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणमुक्तहुनेहरुको कुल संख्या २ लाख ७० हजार ५ सय ४३ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।