रौतहटमा भएको आगलागीमा घर जलेर नष्ट

   १९ फाल्गुन २०७७, बुधबार १४:५८  

 

१९ फागुन, रौतहट । रौतहटको समनपुरमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

जिल्लाको गढीमाई नगरपालिका वडा नम्बर २ समनापुर टोल बस्ने हरेकृष्ण साह र राम रतन साहको संयुक्त पक्की पिलर भएको र बाँस ,काठ, टालीले बनेको दुई तल्ले घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

साहको १० बर्षीय छोरा अभिशेष कुमार साहले आफ्नै घरको माथिल्लो तल्लामा प्लाष्टिक जलाएर बल बनाउने क्रममा घरमा नै आगलागी भएको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी रवि रावलले जनाएका हुन् ।

घरमा आगलागी भएको सूचना प्राप्त हुन साथै खटिएको प्रहरी टोली र स्थानीयहरुको सहयोगमा आगो निभाइएको प्रहरीले जनाएको छ । डिएसपी रावलका अनुसार आगलागीमा करिब ३ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

घरमा भएको खाद्दान जलेपनि मानवीय क्षतिनभएको प्रहरीले जनाएको छ ।