ब्राउनसुगरसहित दुई जना पक्राउ
१९ फागुन, रौतहट । झापाबाट ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको मेचीनगर नगरपालिका ६ स्थित मेची पुलबाट मंगलबार नै पाँचथर आङ्ना ४ घर भई हाल झापा दमक १ बस्ने २३ वर्षीय गणेश खत्री र मोरङ उर्लाबारी ९ का २७ वर्षीय अनुप तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार खत्री र तामाङको साथबाट चार ग्राम ब्राउनसुगर बरामद भएको थियो ।
उनीहरुलाई लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।
पक्राउ परेका दुवै जनालाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






