जिपको ठक्करबाट एक किशोरीको मृत्यु

   १९ फाल्गुन २०७७, बुधबार ११:१३  

१९ फागुन, रौतहट । ललितपुरमा आज बिहान भएको सवारी दुर्घटनामा परी एक किशोरीको मृत्यु भएको छ ।

जिल्लाको एकान्तकुनामा बुधवार बिहान करिब ५ः१५ बजेको समयमा जिपको ठक्करबाट युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सिन्धुपाल्चोक घर भइ हाल ललितपुरकै बागडोलमा बस्दैँ आएकी १९ वर्षीया अन्जु दाहालको दुर्घटनामा परी ज्यान गएको हो ।

आज बिहानै कोटेश्वर बहुमुखी क्याम्पस जाने क्रममा बाटोमा नै स १ज ५६७ नम्बरको जिपले ठक्कर दिदाँ अन्जु गम्भीर घाइते भएकी थिइन् ।

दुर्घटनाहुन साथै उनलाई पाटन अस्पतालमा उपचारका लागी ल्याएको थियो । अस्पताल ल्याएपनि उपचारकै क्रममा अन्जुको मृत्यु भएको प्रहरीले जनाएको छ ।