मेक्सिकोमा २४ घण्टामा १ हजारभन्दा बढीको मृत्यु
१९ फागुन, रौतहट । मेक्सिकोमा कोरोना संक्रमण कारण २४ घण्टामा १ हजार ३५ जनाको मृत्यु भएको छ । हालसम्म मेक्सिकोमा कोरोनाका कारण ज्यान गुमाउने संख्या १ लाख ८७ हजार १८७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ९१३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै मेक्सिकोमा कुल कोरोना संक्रमितको संख्या २० लाख ९७ हजार १९४ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ ।
हालसम्म मेक्सिकोमा कोरोनाबाट १६ लाख ४५ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या २ लाख ६४ हजार ६९५ रहेको छ ।