थप ७८ जनामा कोरोना पुष्टि
१८ फागुन, रौतहट । नेपालमा पछिल्ले २४ घण्टामा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४ हजार १ सय २७ जनाको पीसीआर परीक्षण गर्दा जम्मा ७८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार २ सय ९४ पुगेको छ । जसमध्ये हाल नेपालमा ९ सय ७४ जना उपचाररत रहेका छन् ।
यस्तै, बितेको २४ घण्टामा थप ७२ जनाले संक्रमण जितेर डिस्चार्ज भएका छन् । योसंगै देशभर कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या २ लाख ७० हजार ५ सइ ४३ पुगेको छ ।
त्यसैगरी, कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । तर, सोमबार सम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेहरुको कुल संख्या २ हजार ७ सय ७७ रहेको छ ।