किशोरीमाथि सामूहिक बलात्कारको प्रयास गर्ने ३ जनामध्ये एक आरोपी पक्राउ

   १८ फाल्गुन २०७७, मंगलवार १२:२१  

 

१८ फागुन, रौतहट । एक किशोरीमाथि सामूहिक बलात्कारको प्रयास गर्ने एक जना पक्राउ परेका छन्, भने दुई जना अझै बेपत्ता नै रहेका छन् ।

नुवाकोटको तारकेश्वर गाउँपालिका २ बस्ने १६ वर्षीया युवतिमाथि यही फागुन १४ गते (शुक्रबार) ३ जनाले जबरजस्ती करणी गर्ने प्रयास गरेका थिए ।

बलात्कारको प्रयास गर्ने ३ जनामध्ये एक आरोपी धादिङ बेनिघाट घर भएका दिपक परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रवार गएराती करिब १० बजेतिर परियारसहित तीन जनाले बलात्कारको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

पक्राउ परेका परियारलाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।