कुकुरको टोकाइबाट १२ वर्षीया बालिकाको मृत्यु
१७ फागुन, रौतहट । धनुषामा कुकुरको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ ।
जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ दर्जी टोल बस्ने मोहम्मद अख्तरकी १२ वर्षीया छोरी शिवरन खातुनलाई आइतबार गएराति कुकुरको टोकाइका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।
धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रका अनुसार हिजो राति करिब १ः३० बजेतिर शौचालय जानका लागी बाहिर निस्केकी बालिकालाई कुकुरले टोकेको थियो ।
मानसिक अवस्था ठिक नरहेको ती बालिकालाई कुकुरले टोकेपछि उपचारका लागी अस्पताल लैजानु अघिनै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत बालिकाको शव पोष्टमार्टमका लागी प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको प्रहरीले जनाएको छ ।