बालिकालाई बन्धक बनाएर बलात्कार गर्ने व्यक्ति पक्राउ

   १७ फाल्गुन २०७७, सोमबार १४:३३  

 

१७ फागुन, रौतहट । गोरखामा करिब एक सातादेखि बन्धक बनाएर एक बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गोरखा बजार बस्ने ती १४ वर्षीया बालिकालाई मामाघर र्पुयाइदिन्छु भन्दैँ प्रलोभनमा पारी आरुघाट गाउँपालिका ६ का २६ वर्षीय काशिराम सुनारले यही फागुन ८ गते आफ्नो घरमा नै बन्धक बनाएर राखेको प्रहरीले जनाएको छ ।

लामो समयसम्म बालिका सम्पर्कमा नआएपछि आफ्न्तले खोजी गर्दा सुनारको घरमा भेटेकी थिइन् । पिडित बालिकाले मामाघर र्पुयाइदिन्छु भन्दैँ एक सातादेखि बन्धक बनाएर बलात्कार गरेको आफन्तलाई बताएकी थिइन् । सुनारले बालिकालाई बन्धक बनाएर जबरजस्ती करणी गरेको उजुरी प्रहरी कार्यालयमा परेको छ ।

बलात्कारको उजुरी परेपछि शनिबार नै प्रहरीले सुनारलाई पक्राउ गरी आइतबार जिल्ला अदालतबाट १० दिनको म्याद थप गराएका थिए ।

अदालतबाट म्याद थप गरी पक्राउ परेका सुनारलाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले जनाएका छन् ।