खाल्डोमा जमेको पानिमा डुबेर १८ महिने बालिकाको मृत्यु

   १७ फाल्गुन २०७७, सोमबार ११:४९  

१७ फागुन, रौतहट । सर्लाहीमा खाल्डोमा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

जिल्लाको ईश्वरपुर नगरपालिका वडा नम्बर ५ फुलजोर बस्ने रमेश मोक्तानको १८ महिनाकी छोरी अनिषा मोक्तानको खाल्डोमा डुबेर मृत्यु भएको छ ।

खेल्ने क्रममा घर नजिकै रहेको पानी फ्याक्ट्रीको दक्षिण पट्टीको खाल्डोको डिलमा लड्दाँ बालिका पानिमा डुबेकी सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जनाएका छन् ।

डुबेर पानिमा नै बेहोस भएको अवस्थामा आफँन्तले हेरेपछि उपचारका लागी स्थानीय त्रिदेव मेडिकल अस्पतालमा ल्याइएको थियो ।

अस्पतालमा ल्याएपनि उपचारका क्रममा अनिषाको मृत्यु भएको प्रहरीले जनाएको छ ।