कोरोना खोपको पहिलो डोज भारतीय प्रधानमन्त्री मोदीले लगाए
१७ फागुन, रौतहट । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान कोरोना भाइरस (कोभिड १९) संक्रमण विरूद्धको खोप लगाएका छन् ।
दिल्लीको एम्स अस्पतालमा सोमबार बिहान कोरोना खोपको पहिलो डोज प्रधानमन्त्री मोदीले लगाएका हुन् । मोदीले आफूले खोप लगाएपछि सामाजिक सञ्जाल ट्वीटर मार्फत सबैलाई खोप लगाउँन आग्रह समेत गरेका हुन् ।
साथै, प्रधानमन्त्री मादीले कोरोना माहामारीका लडाईमा डाक्टर तथा वैज्ञानिकहरुले तीव्र गतिमा गरेको कामको प्रसंशा गरेका छन् ।
भारतमा आजदेखि ६० वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन सुरू गरिएको छ ।