योगेश भट्टराई चढेको गाडिले ठक्कर दिदा एक घाइते
१६ फागुन, रौतहट । पुर्व मन्त्री तथा नेकपाका नेता योगेश भट्टराई चढेको गाडीले ठक्कर दिदा रौतहटमा एक व्यक्ति घाइते भएका छ्न ।
चन्द्रपुर ४ स्थित पुर्व-पश्चिम राजमार्गमा साइकल यात्री लाई ठक्कर दिदा चन्द्रपुर ६ का ५५ वर्षीय इन्द्रप्रसाद घिमिरे घाइते भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
प्रदेश २ को जनकपुरबाट हेटौंडा तर्फ जाँदै गरेका नेता भट्टराई सवार गाडीले ठक्कर दिएका घाइते घिमिरेलाई थप उपचारका लागि काठमाडौंको बि एन्ड बि हस्पिटलमा पठाइएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी लिलाराज लामिछानेले बताए ।
ठक्कर दिने ज१झ ४२७ नम्बरको गाडी प्रदेश २ का प्रमुख प्रतिपक्षी दलका नेता सत्रुधन महतोको भएको र गाडी तथा चालकलाइ आवश्यक कारवाहिको लागि नियन्त्रणमा राखेको डिएसपी लामिछानेले बताए ।