रौतहटमा सालको काठ लोड भएको ट्याक्टर नियन्त्रणमा
१६ फागुन, रौतहट । रौतहटको गुजरा नगरपालिकाबाट वन सुरक्षा गस्ती टोलीले अवैध सालको काठ बरामद गरेको छ ।
गुजरा नगरपालिका ३ स्थित सिमरी गाउँ नजिकैको धन्सार खोलामा ना५ त ५२ ४५ नम्बरको ट्याक्टरमा सालको काठ लोड अवस्थामा बरामद भएको सब डिभिजन बन कार्यालय जङ्गलसैयाका प्रमुख विमल ठाकुरले बताए ।
काठ तस्करी हुँदै गरेको विशेष सूचनाका आधारमा जङ्गलसैयाबाट वन सुरक्षा टोली खटिएको थियो । ठाकुरका अनुसार काठ तस्करीमा संलग्न भने भाग्न सफल भएका छन् ।
काठ सहितको सवारी साधन नियन्त्रणमा लिएर आवश्यक कार्वाहीको लागि सब डिभिजन बन कार्यालय जङ्गलसैयामा पठाइएको। डिभिजन बन कार्यालय रौतहटका प्रमुख बिनोद कुमार सिंहले जानकारी दिए ।